Rumpum Advertisement

रद्द भयो क्लब भलिबल विश्व च्याम्पियनसिप

Neuro Revised Adv
Koshi Dashain ad
रद्द भयो क्लब भलिबल विश्व च्याम्पियनसिप

विराटनगर, २ असोज । क्लब भलिबल विश्व च्याम्पियनसिप रद्द भएको छ । विश्व भलिबल महासंघ एफआईभीबीले क्लब भलिबल विश्व च्याम्पियनसिप २०२० रद्द भएको जनाएको हो ।

बिहीबार बसेको विश्व भलिबल महासंघको बैठकले कोरोना महामारीका कारण सो प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

एफआईभीबीले विज्ञप्ति जारी गर्दै खेलाडी र विश्वभरि छरिएको भलिबल परिवारको स्वास्थ्य प्राथमिकताको विषय रहेकोले भन्दै यस वर्ष हुने भनिएको च्याम्पियनसिप रद्द गरेको जनाएको छ ।

यसैबीच उसले अब २०२१ मा च्याम्पियनसिप गर्नलाई इच्छुक राष्ट्रहरूको लागि दर्ता आह्वान अक्टोबरको अन्त्यसम्ममा गरीसक्ने जनाएको छ ।