Rumpum Advertisement

आजबाट बुन्डेसलिगा सुरु, बायर्न र साल्के भिड्दै

Neuro Revised Adv
Koshi Dashain ad
आजबाट बुन्डेसलिगा सुरु, बायर्न र साल्के भिड्दै

विराटनगर, २ असोज । आजबाट नयाँ सिजनको जर्मनको शीर्ष डिभिजन लिग बुन्डेसलिगा सुरु हुँदैछ । २०२०–२१ को सिजनको बुन्डेसलिगा आज रातिबाट सुरु हुन लागेको हो ।

नयाँ सिजनको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख प्रतिस्पर्धामा छ । नेपाली समयानुसार राति १२ः१५ बजेबाट सुरु हुने उक्त खेलमा बायर्नले शाल्केसँग खेल्दैछ ।

बायर्नको मैदानमा हुने यो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै ३ अंक जोड्ने योजनामा हुनेछन् । अघिल्लो सिजन बायर्नले बोरुसिया डर्टमुण्डलाई पछाडि छोड्दै उपाधि जितेको थियो ।