Rumpum Advertisement

परीक्षण गरी दुवै सेट रेल पुनः जयनगर नै फर्काइने

Neuro Revised Adv
Koshi Dashain ad
परीक्षण गरी दुवै सेट रेल पुनः जयनगर नै फर्काइने

जनकपुरधाम, २ असोज । जनकपुरमा परीक्षण गरी जनकपुर–जयनगर चल्ने दुइ सेट रेल पुनः जयनगरनै फर्काइने भएको छ । शुक्रबार जनकपुरधाम ल्याइएका दवै सेट रेल परीक्षण गरेर पुनः जयनगरस्थित आफ्नै स्टेशनमा पुर्‍याएर सुरक्षित साथ राखिने रेल विभाग साइट कार्यालयका प्रमुख इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

भारतको जयनगरमा बिहीबार साँझ नै आइपुगे पनि आज दिउँसो पौने दुई बजे रेल जनकपुरधाम आइपुगेको हो । भारतको सरकारी कम्पन्नी कोकान रेलवेज कर्पोरेशन लिमिटेडले उक्त दुई सेट रेल जनकपुर रेल्वे स्टेशनमा ल्याएको हो ।

नयाँ रेल तथा नयाँ रेलका संरचना भएकाले प्राविधिक परीक्षणका लागि जनकपुरधाम आएको नेपाल रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्रप्रसाद साहले जानकारी दिए ।

नेपाल सरकारले खरिद गरेको सो रेल भारतको कंकन कम्पनीले निर्माण गरेको दुई सेट रेलमा ८ वटा वोगी तथा दुई वटा इन्जिन रहेका छन् । यसमा एक सेट रेलमा १ वटा वातानुकूलित डब्बा तथा तीन तीन वटा सामान्य डब्बा रहेका छन् ।

रेल विभाग सिनियर डिभिजनल इन्जिनियर साहसहित विभागका अधिकारीहरूको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल तथा भारतीय चालक दललाई स्वागत गरेका थिए ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी भएको छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा स्टेशनको भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको रेल विभागले जनाएको छ ।

रेल सञ्चालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भएलगत्तै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुनेछ । महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ ।

डिजल तथा विद्युतवाट चल्न मिल्ने रेलमा एक पटकमा १३ सय यात्री सजिलै यात्रा गर्न पाउनेछन् । नेपालको झण्डासहित चाँडै रेल सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

जिटुजीमार्फत भ्याटबाहेक ८३ करोड ९३ लाख ६० हजारमा खरिद भएको रेल जनकपुरधाम आएपछि रेल्वे स्टेशनमा हजारौं व्यक्ति कोरोनालाई वेवास्ता गर्दै भेला भएका थिए ।