Rumpum Advertisement

ब्रुनो फर्नान्डेस युनाइटेडको वर्ष खेलाडी घोषित

Neuro Revised Adv
Koshi Dashain ad
ब्रुनो फर्नान्डेस युनाइटेडको वर्ष खेलाडी घोषित

विराटनगर, २ असोज । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई वर्ष खेलाडी घोषणा गरेको छ । पोर्चुगिज स्टार फर्नान्डेस युनाइटेडको प्लेयर अफ दि इयर बनेका हुन् ।

यसै जनवरीमा मात्र युनाइटेड आएका फर्नान्डेसलाई युनाइटेडले वर्षको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

नाै महिनाअघि ओल्ड ट्राफोर्ड आएका फर्नान्डेसले २०१९–२० को प्रिमियर लिगमा १४ खेल खेल्दा ८ गोल र ७ असिस्ट गरेका थिए ।

२६ वर्षीय उनी ५५ मिलियन युरोमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीबाट युनाइटेड आएका हुन् । उनले युनाइटेडसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।