Rumpum Advertisement

सेभिल्लामा राकिटिक : एक कुशल कप्तान र नेतृत्त्वकर्ता

Neuro Revised Adv
Koshi Dashain ad
सेभिल्लामा राकिटिक : एक कुशल कप्तान र नेतृत्त्वकर्ता

विराटनगर, २ असोज । क्रोएशियन मिडफिल्डर इभान राकिटिक यसै समर ट्रान्सफरमा बार्सिलोना छोडेर पूर्वक्लब सेभिल्ला फर्किए । बार्सिलोनाबाट कम खेलमा मौका पाउन थालेपछि राकिटिक छ वर्षे क्याप नोउ बसाइ अन्त्य गर्दै सेभिल्ला फर्किएका हुन् ।

सन् २०१४ मा बार्सिलोना जानुअघि उनी सेभिल्लाको कप्तान थिए । सो बेला उनको नेतृत्त्वमा रहेको टोलीले युरोपा लिगको उपाधि जितेको थियो । २०११ मा शाल्केबाट सेभिल्लामा अनुबन्ध भएका उनी अब पुनः सोही भूमिकामा फर्किने प्रयासमा छन् ।

बार्सिलोनाबाट फर्किएको दुई सातापछि उनको महत्त्वपूर्ण भूमिकामा सेभिल्लाले ३–२ गोलको जित दर्ता गरेको थियो । ला लिगाको तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा लेभान्टेमाथि जित निकाल्दा राकिटिकले एक गोल गरेका थिए ।

लेभान्टेविरुद्धको खेलमा उनले कप्तानको भूमिका नै निभाएका थिए । कप्तान जेसस नाभासको अनुपस्थितिमा उनले खेललाई जिततर्फ धकेलेका थिए । राकिटिक ड्रेसिङ रुममा मात्र नभएर मैदानमा पनि मूल्यवान खेलाडी सावित भएका थिए ।

उनी सेभिल्लाकै धेरै तबल खाने खेलाडी बन्दै पूर्वक्लब फर्किएको बताइन्छ । ३२ वर्षीय राकिटिकले सेभिल्लासँग चार वर्षका लागि सम्झौता गरेका छन् ।