Rumpum Advertisement

ओखरको धेरै सेवनले झाडापखालाको समस्या निम्तिन्छ

Neuro Ad
ओखरको धेरै सेवनले झाडापखालाको समस्या निम्तिन्छ

विराटनगर, २ असोज । ओखरमा भिटामिन ‘बी’, ‘सी’, ‘ई’, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियमका साथै पर्याप्त एन्टीअक्सिडेन्टहरू पाइन्छ ।

ओखरमा ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड हुन्छ । ओखरलाई दैनिक सेवन गरेमा स्वास्थ्यमा हुने केही समस्याबाट छुटकारा पाउन सकिन्छ । ओखरको सम्भावित स्वास्थ्य लाभहरूमा कार्डियोभास्कुलर प्रणाली र हड्डीको स्वास्थ्य बढाउने, पित्ताथैलीमा हुने रोगको जोखिम कम गर्न र मिर्गीको उपचार समावेश छ ।

ओखर सेवनले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम गराई रक्तसञ्चार सहज बनाउँछ । जसकारण उक्त रक्तचाप, हृदयघाट, स्ट्रोक तथा मुटु रोग हुन दिँदैन । ओखरमा रहेको बोसो र पौष्टिक तत्वले शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राखी मधुमेहका बिरामीलाई पनि फाइदा गराउँछ । ओखरले तनाब र सुन्निने समस्याबाट पनि राहत दिन्छ ।

ओखरको सेवनले मानसिक समस्या कम गरेर तनाबबाट मुक्ति दिलाउनुका साथै मस्तिष्कलाई स्वस्थ बनाई स्मरण शक्ति वृद्धि गर्नमा मद्दत गर्छ । ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डीलाई बलियो बनाई अस्टियोपिरोसिस हुने जोखिमलाई कम गर्छ । ओखर छालाको सौन्दर्यका लागि निकै लाभदायक मानिन्छ । यसको सेवनले छालालाई सुन्दर र स्वस्थ राखेर बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा दिलाउँछ ।

ओखर सेवनले पुरुषको शुक्रकिट बढाउनमा समेत महत्वपूर्ण भूमिका खेल्दछ । ओखरमा क्यालोरीको मात्रा धेरै हुने हुँदा यसको मध्यम मात्रामा उपभोग गर्न सल्लाह दिइन्छ । ओखरको धेरै सेवन गरेमा झाडापखालाको समस्या निम्तिन सक्छ । ओखरको धेरै सेवनले तौल बढ्ने, बच्चाहरूमा निस्सासिने समस्या निम्याउनुका साथै अल्सरलाई बढाउने काम गर्छ ।

ड्राइ फ्रुट्ससँग एलर्जी भएका मानिसहरूले पनि ओखरको सेवन गर्नु हुँदैन । यदि ओखरको सेवनपछि व्यक्तिको शरीरमा दाग, फोका उठ्ने वा सास फेर्न कठिनाइ भए तुरुम्त चिकित्सककोमा जानु पर्छ ।