Rumpum Advertisement

घरमै बस्ने संक्रमितलाई नेकपा विराटनगरको कोसेली ‘औषधि र पौष्टिक आहार’

Neuro Ad
घरमै बस्ने संक्रमितलाई नेकपा विराटनगरको कोसेली ‘औषधि र पौष्टिक आहार’

विराटनगर, २ असोज । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महानगर कमिटीले घरदैलो अभियान सञ्चालन गरिरहेको छ । संक्रमितलाई समाजले तिरस्कृत गर्न थालेपछि नेकपाले आयुर्वेदिक औषधि र पौष्टिक आहारसहित घरदैलो अभियान सञ्चालन गरेको हो ।

नेकपा विराटनगर कमिटी अध्यक्ष सागर थापाका अनुसार संक्रमितलाई च्यावनप्रास, आन्तरिक क्षमता वृद्धि गर्ने अमृत चिया, गेडागुडी, साबुन, मञ्जन, ब्रसलगायतका सामग्री वितरण गरिँदै आएको छ । ‘समाजको नजर परिवर्तन गर्नका लागि अभियान सुरु गरेका हौं,’ अध्यक्ष थापाले भने, ‘हौसला प्रदान गर्नका लागि पुग्दा स्वास्थ्यबद्र्धक सामग्री कोसेलीको रुपमा लैजान्छौं ।’

होम आइसोलेसनमा बस्ने सबैको घरमा पुग्ने योजना रहेको उनले बताए । ‘अभियान सुरु गरेको लगभग एक महिना हुनै लाग्यो,’ उनले भने, ‘जानकारीमा आएसम्म सबैको घरघर पुगेर आत्मवल बढाउने काम गर्छाैं ।’

अभियानमा नेकपा विराटनगरका अध्यक्ष सागर थापा, सचिव हेम कार्कीलगायतको टोली सक्रिय छ । योबीचमा एक हजार हाराहारीको घरमा पुगेको अध्यक्ष थापाले बताए ।