birat ribon

बार्सिलोनाका अध्यक्ष बार्टोमेउविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Neuro
बार्सिलोनाका अध्यक्ष बार्टोमेउविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विराटनगर, २ असोज । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई राजीनामाका लागि दबाब सिर्जना भएको छ । बार्टोमेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनलाई राजीनामाका लागि दबाब सिर्जना भएको हो ।

अविश्वासको प्रस्तावका लागि क्लब व्यवस्थापनको निर्वाचनमा संलग्न हुनेमध्येबाट १६ हजार ५२१ जनाको हस्ताक्षर आवश्यक पर्ने थियो । तर, अध्यक्षविरुद्ध २० हजार ७३१ जनाको हस्ताक्षर बुझाइएको छ ।

cura insider

अब १० दिनमा बुझाइएका हस्ताक्षरमाथिको जाँचपछि दुई तिहाइ सदस्यले ब्यवस्थापनविरुद्ध मत दिएमा बार्टोमेउले अध्यक्षको पदबाट हट्नुपर्नेछ । त्यसपछि नयाँ चुनाव हुनेछ ।

बार्सिलोनाका ४०औं अध्यक्ष रहेका बार्टोमेउ २०१४ बाट सो पदमा रहँदै आएका छन् ।

केही समय अघिदेखि नै बार्टोमेउको राजीनामाको माग गरिएको छ । तर, बार्टोमेउले सन् २०२१ को निर्वाचनअघि राजीनामा दिन अस्वीकार गरेका छन् ।

बार्सिलोनाका मिडफिल्डर जेरार्ड पिके जस्ता खेलाडीले समेत अध्यक्ष बार्टोमेउलाई राजीनामाका लागि सुझाव दिएको बताइएको छ ।

jackson ribon