birat ribon

उच्च रक्तचाप कम गर्ने यी सात तरिका

Neuro
उच्च रक्तचाप कम गर्ने यी सात तरिका

विराटनगर २ असोज । एक स्वास्थ्य मानव शरीरको रक्तचाप १२०/८० हुनु पर्छ ।

माथिल्लो ब्लड प्रेसर १४० अथवा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप अर्थात् प्रेसर हाई भएको मानिन्छ । अव्यवस्थित जीवनशैली, खराब खानपान तथा व्यायामको कमीका कारण उच्च रक्तचापको समस्या सुरु हुन थाल्छ । उमेरका बढेसँगै व्यक्तिहरूलाई हाई ब्लड प्रेसरको बढी जोखिम हुँदै जान्छ, तर यसले युवा उमेर समूहहरूलाई पनि असर गर्न सक्छ ।

cura insider

केही मानिसहरूलाई हाई ब्लड प्रेसरका कारण गम्भीर लक्षण देखा पर्दैन । तर, प्रेसरको समयमै पहिचान गरी उपचार नगरिए हृदयघात वा मुटु गति बन्द हुने र पक्षघात हुने गर्छ । औषधिविना पनि ब्लड प्रेसरलाई नियन्त्रणमा राख्न सकिन्छ । यी सात तरिकाले उच्च रक्तचाप भएका बिरामीहरूलाई फाइदा गर्न सक्छ :

– तौललाई नियन्त्रणमा राख्नुहोस् ।
– धुमपान, रक्सी तथा चुरोटको त्याग गर्नुहोस् । (वा कहिले पनि सुरू नगर्नुहोस्)
– कम्तिमा हप्ताको एक सय ५० मिनेट मध्यम शारीरिक गतिविधि गर्नुपर्ने ।
– मुटुको स्वास्थलाई राम्रो हुने फलफूल र तरकारीहरू धेरै मात्रामा खाने, साथै नुन, फ्याट र चिनी कम हुने खाना खानुहोस् ।
– शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रालाई नियन्त्रणमा राख्ने ।
– जंकफुड र फास्टफुडबाट टाढा रहनुहोस् ।
– प्रशस्त मात्रामा पानी पिउनुहोस् र दिनको सातदेखि नौ घण्टासम्म निद्रा पुग्ने गरी सुत्नु पर्छ ।

jackson ribon