birat ribon

हिगुइनले युभेन्टस छोडे

Neuro
हिगुइनले युभेन्टस छोडे

विराटनगर, २ असोज । अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइनले युभेन्टस छोडेका छन् । बिहीबार युभेन्टसले हिगुइनले क्लब छोडेको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमार्फत युभेन्टसले हिगुइनलाई धन्यवाद दिँदै नयाँ यात्राका लागि शुभकामनासमेत दिएको छ ।

cura insider

युभेन्टससँग सम्झौता थप्न अस्वीकार गरेका हिगुइन हाल क्लबविहीन छन् । तर, उनी पूर्वसहकर्मी डेभिड बेकह्यामको क्लब इन्टर मियामी जाने मनसाय रहेको बताइएको छ ।

अमेरिकन सकर लिग मियामीमा अनुबन्ध हुनका लागि हिगुइन हाल अमेरिकामा रहेकाे बताइन्छ । रियल मड्रिडमा एकसाथ खेलेका बेकह्यामको क्लब मियामीसँग हिगुइनले सम्झौता गर्ने बताइएको छ ।

खबरका अनुसार मियामीले आउँदो केही समयमा नै हिगुइनलाई घोषणा गर्नेछ । यसअघि बेकह्यामले युभेन्टसकै मिडफिल्डर ब्लाइस माटुइडी अनुबन्ध गरिसकेका छन् ।

३२ वर्षीय हिगुइन सन् २०१६ मा युभेन्टमा अनुबन्ध भएका थिए । टुरिन बसाइका क्रममा १४९ खेल खेलेका हिगुइनले ६६ गोल र १६ असिस्ट गरेका छन् ।

jackson ribon