birat ribon

रियल मड्रिडको प्रशिक्षक बन्ने पोचेटिनोको सपना

Neuro
रियल मड्रिडको प्रशिक्षक बन्ने पोचेटिनोको सपना

विराटनगर, २ असोज । टोटनह्याम हटस्परका पूर्वप्रशिक्षक मौरिसियो पोचेटिनोले स्पेनिस च्याम्पियन रियल मड्रिडको प्रशिक्षक बन्ने आफ्नो सपना रहेको सुनाएका छन् । अर्जेन्टिनी म्यानेजर पोचेटिनोले ‘मार्का’सँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

अघिल्लो वर्ष नोभेम्बरमा टोटनह्यामबाट बर्खास्त भएका पोचेटिनो केही समयअघि बार्सिलोनासँग जोडिएका थिए । क्वीक सेटिन बर्खास्त भएपछि बार्सिलोनाले उनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिनसक्ने बताइएको थियो ।

cura insider

तर, पोचेटिनोले भने बार्सिलोनाले आफू प्रशिक्षकको प्रस्ताव नगरेको बताएका छन् । ‘उनीहरूले मलाई बार्सिलोनाको प्रशिक्षक बन्न प्रस्ताव गरेनन्,’ उनले भने ।

यसैगरी उनले रियल मड्रिडको प्रशिक्षक बन्ने आफ्नो सपना रहेको सुनाए । उनले भने, ‘मलाई थाहा छैन कि म रियल मड्रिडको प्रशिक्षक बन्न पाउँछु वा पाउँदिन । तर, पक्कै पनि रियलको प्रशिक्षक बन्ने मेरो सपना छ ।’

‘रियल सर्वोत्कृष्ट नहोला तर विश्वकै उत्कृष्ट क्लबमध्ये एक हो । म फरक होइन, जो कोहीको पनि रियलको प्रशिक्षक बन्ने सपना हुन्छ’, उनले थपे ।

jackson ribon