birat ribon

मेस्सीले जिते ९ वर्षको लडाइँ, पाउने भए आफ्नो नाम ट्रेडमार्कको रूपमा दर्ता गर्न

Neuro
मेस्सीले जिते ९ वर्षको लडाइँ, पाउने भए आफ्नो नाम ट्रेडमार्कको रूपमा दर्ता गर्न

विराटनगर, २ असोज । अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले अब आफ्नो नाम ट्रेडमार्कको रूपमा दर्ता गर्न पाउने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले ईयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेसँगै आफ्नो नाम ट्रेडमार्कका रूपमा दर्ता गर्न पाउने भएका हुन् ।

मेस्सीले सन् २०११ मा पहिलोपटक आफ्नो नाम ट्रेडमार्कका रूपमा दर्ता गरेका थिए । उनले स्पोर्ट्सवेयर ब्रान्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर, स्पेनको साइकल लुगा र सामग्री बेच्ने कम्पनी मास्सीले आफ्नो लोगो समान भएको भन्दै आपत्ति जनाएको थियो ।

cura insider

लोगो समान भएका कारण यसले द्विविधा ल्याउने मास्सीको तर्क थियो । उसले मेस्सीको आवेदनलाई सुरुमा चुनौती दिएको थियो ।

युरोपियन जस्टिस कोर्टले पनि जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम भएपछि मात्र मेस्सीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बतायो । यसले गर्दा युरोपियन अदालतले सन् २०१८ मा ईयुको साधारण अदालतले सुनाएको फैसलालाई समर्थन गरेको थियो ।

तर, अब भने युरोपियन कोर्ट अफ जस्टिसले स्पेनिस साइकल तथा लुगाको कम्पनी मास्सी र ईयुको बौद्धिक सम्पत्ति कार्यालय ईयूआईपीओको अपिल खारेज गरेको छ । बीबीसीका अनुसार बिहीबार युरोपको न्याय अदालतले मेस्सीको पक्षमा फैसला गरेको हो ।

jackson ribon