birat ribon

ओसाकाले फ्रेन्च ओपन खेल्न नसक्ने

Neuro
ओसाकाले फ्रेन्च ओपन खेल्न नसक्ने

विराटनगर, २ असोज । जापानिज टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन खेल्न नसक्ने जनाएकी छन् ।

हालै मात्र यूएस ओपन टेनिसको उपाधि जितेकी ओसाकाले चोटका कारण फ्रेन्च ओपन खेल्न नसक्ने जनाएकी हुन् ।

cura insider

गत आइतबार बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई हराउँदै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । नर्थर अशे स्टेडियममा ओसाकाले १–६, ६–३ र ६–३ को सेटमा अजारेन्कामाथि जित निकाल्दै उपाधि जितेकी थिइन् ।

फ्रेन्च ओपन २७ सेप्टेम्बरबाट सुरु हुँदैछ । आफ्नो ह्यामस्ट्रिङ अझैपनि खराब अवस्थामा रहेको बताउँदै ओसाकाले फ्रेन्च ओपन खेल्न नसक्ने जनाइन् ।

उनले भनिन्, ‘म फ्रेन्च ओपन खेल्न सक्दिनँ । ‘मेरो ह्यामस्ट्रिङ अझैपनि खराब अवस्थामा छ । मसँग तयार हुनका लागि पर्याप्त समय पनि छैन । यी दुवै प्रतियोगिता मेरा लागि निकै छिटो गरी आए ।’

jackson ribon