birat ribon

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

Neuro
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

पर्वत, २ असाेज । गण्डकी प्रदेशमा शुक्रबार बिहान ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक विज्ञप्ति जारी गर्दै थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८ जना, तनहुँमा २ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

cura insider

बिपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर चितवन र चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमितहरू परीक्षण गरिएका अस्पतालको आइसोलेशनमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार २९१ पुगेको छ ।

jackson ribon