birat ribon

घाँस काट्ने क्रममा बेहोस भएका वृद्धको मृत्यु

Neuro
घाँस काट्ने क्रममा बेहोस भएका वृद्धको मृत्यु

विराटनगर, २ असोज । घर छेउकै खेतमा घाँस काट्ने क्रममा ढलेपछि बेहोस भएका मोरङको रंगेलीका एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

रंगेली नगरपालिका–२ का ७२ वर्षीय कृष्णप्रसाद चौलागाईंको बिहीबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार गाईलाई घाँस काट्न खेतमा गएका उनी त्यहीँ बेहोस भएर ढलेका थिए ।

cura insider

उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा साँझ ७ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ ।

jackson ribon