birat ribon

मोदीको जन्मदिनमा बेरोजगार युवाको प्रदर्शन

Neuro
मोदीको जन्मदिनमा बेरोजगार युवाको प्रदर्शन

विराटनगर, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ७० औं वर्ष प्रवेश गरेको अवसरमा बिहीबार जन्मदिन मनाइरहँदा बेरोजगार युवाहरुले भने ठाउँठाउँमा प्रदर्शन गरेका छन् ।

युवाहरुको मोदीको जन्मदिनलाई बेरोजगार दिवसका रुपमा मनाएका हुन् । युवाहरु बेरोजगार भएर बसिरहँदा मोदी पनि आफ्नो जन्मदिन मनाउन व्यस्त रहेकोभन्दै युवाहरुले व्यंग्य पनि गरे ।

cura insider

देशका विभिन्न शहरमा बेरोजगार युवाहरुले राष्ट्रिय बेरोजगार दिवसका रुपमा मनाउँदै प्रदर्शन गरेका हुन् ।

बेरोजगार युवाहरुको यो प्रदर्शनमा प्रमुख विपक्षी दलको पनि समर्थन थियो। यो प्रदर्शनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो।

राजस्थानका पूर्व उप–मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले पछिल्लो ६ वर्ष यता युवाहरुलाई रोजगारका नाममा झुठो आश्वासन मात्र प्राप्त भएको बताएका छन्।

jackson ribon