birat ribon

यस्तो रहनेछ आजको मौसम

Neuro
यस्तो रहनेछ आजको मौसम

विराटनगर, २ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) को मौसमका बारेमा जानकारी दिएको छ ।

महाशाखाका अनुसार मुलुकभर मौसममा सामान्यतया बदली रहने र ठाउँठाउँमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । वर्षा हुने केही स्थानमा मेघगर्जन र चट्याङ् पनि पर्ने महाशाखाले जनाएको छ ।

cura insider

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसमविद्ले बताएका छन्।

jackson ribon