birat ribon

नेपालले खरिद गरेका दुई रेल आज आउँदै, प्रतीक्षाको घडी सकियो

Neuro
नेपालले खरिद गरेका दुई रेल आज आउँदै, प्रतीक्षाको घडी सकियो

विराटनगर, २ असोज । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार (आज) नेपाल आउँदैछन् ।

बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

cura insider

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको उनले बताए ।

भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लाग्नेछ । दुईटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन् ।

रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon