birat ribon

भारतमा संक्रमण दर उच्च

Neuro
भारतमा संक्रमण दर उच्च

विराटनगर, २ असोज । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दर उच्च हुँदै गइरहेको छ । केही दिनयता तीव्र रुपमा संक्रमण फैलिइरहेको भारतमा एक दिनमा ९० हजार बढी संक्रमित भेटिने गरेका छन् ।

अरु मुलुकमा दैनिक संक्रमित भेटिने क्रम कम हुँदै गइरहेका बेला पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार सात सय ९३ जनामा कोरोना पुष्टि भएको छ । यसको प्रत्यक्ष असर नेपालमा पर्ने पक्का छ । खुला सीमा रहेको नेपालको छिमेकी मुलुक भारतमा संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको हो ।

cura insider

हालसम्म भारतमा ५२ लाख १२ हजार छ सय ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ । ८४ हजार चार सय चार जना संक्रमितको मृत्यु भएको छ । दैनिक एक हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ । एकै दिन एक हजार एक सय ७४ जनाको ज्यान गयो ।

४१ लाख नौ हजार आठ सय २८ संक्रमित उपचारपछि घर फर्किएका छन् । १० लाख १८ हजार चार सय ५४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

हालसम्म विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ६८ लाख ७० हजार पाँच सय ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ४१ जनामा संक्रमण पुष्टि भयो ।

दुई लाख दुई हजार एक सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । एकै दिन आठ सय आठ जनाले ज्यान गयो । ४१ लाख ४९ हजार चार सय ४३ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख १८ हजार नौ सय ५७ जना उपचाररत रहेकोमा १४ हजार दुई सय ८३ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म ४४ लाख ५७ हजार चार सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । ३५ हजार सात सय ५७ जनामा एकै दिन संक्रमण देखियो ।

एक लाख ३५ हजार ३१ जना संक्रमितको मृत्यु भइसकेको छ । आठ सय ५७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको छ । ३७ लाख ५३ हजार ८२ जना उपचारपछि कोरोना जित्दै घर फर्किएका छन् । पाँच लाख ६९ हजार तीन सय ३० जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा हालसम्म तीन करोड तीन लाख ३० हजार ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिनमा तीन लाख दुई हजार नौ सय ३४ जना संक्रमित भेटिए । नौ लाख ५० हजार ८५ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय ८३ जनाले ज्यान गुमाए ।

दुई करोड २० लाख १८ हजार दुई सय ५९ जना उपचारपछि घर फर्किएका छन् । ७३ लाख ६१ हजार सात सय आठ जना उपचाररत रहेकोमा ६१ हजार चार सय चार जनाको अवस्था गम्भीर छ ।

jackson ribon