birat ribon

जनकपुर–जयनगर चल्ने रेल आइपुग्यो जयनगर

Neuro
जनकपुर–जयनगर चल्ने रेल आइपुग्यो जयनगर

धनुषा, १ असोज । जनकपुरदेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट जयनगर आइपुगेको छ । बिहीबार साँझ सो रेल सेट भारतको बिहारस्थित हाजीपुर स्टेशनबाट जयनगर स्टेशनमा आइपुगेको हो ।

भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट शुक्रबार जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार कुनै पनि किसिमका समस्या नआएमा भोलि रेल सेट जनकपुर आइपुग्नेछ ।

cura insider

दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनको भनाइ छ । उनले भने, “उताबाट कुनै समस्या आए पनि हाम्रातर्फबाट कुनै पनि समस्या छैन ।”

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दसैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो ।

कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।

jackson ribon