birat ribon

लिभरपुलले थियागो भित्र्याउने

Neuro
लिभरपुलले थियागो भित्र्याउने

एजेन्सी, १ असोज । लिभरपुलले बायर्न म्युनिखका मिडफिल्डर थियागो अल्कान्टारालाई भित्र्याउने भएको छ ।

स्पेनिस मिडफिल्डर थियागोलाई २५ मिलियन पाउण्डमा अनुबन्धन गर्न लिभरपुलले सहमति जनाएको बताइएको छ ।

cura insider

‘स्काइ स्पोर्ट्स’ का अनुसार लिभरपुलले २९ वर्षीय थियागोसँग ४ वर्षको सम्झौता गर्ने भएको छ । उनले प्रिमियर लिग क्लबमा ६ नम्बरको जर्सी लगाउनेसमेत पक्का भइसकेको खबरमा जनाइएको छ ।

सन् २०१३ मा बार्सिलोनाबाट जर्मन गएका उनले बायर्नबाट अघिल्लो सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सात वर्षे जर्मन बसाइका क्रममा उनले ७ पटक बुन्डेसलिगा र चार पटक जर्मन कपको उपाधि जितेका थिए ।

jackson ribon