birat ribon

स्वारेज इटाली गए

Neuro
स्वारेज इटाली गए

बार्सिलोना, १ असोज । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज इटाली प्रस्थान गरेका छन् । बिहीबार साँझ उनी प्राइभेट विमानमार्फत इटाली प्रस्थान गरेको स्पेनिस मिडिया मार्काले जनाएको छ ।

खबरका अनुसार उरुग्वेका स्टार स्वारेज इटालीको पेरुजिया गएका हुन् । इटालियन नागरिकताका लागि जाँच दिन उनी इटाली प्रस्थान गरेको खबरमा जनाइएको छ । यससँगै उनी इटालियन क्लब युभेन्टसमा अनुबन्ध हुनसक्ने सम्भावना पनि बढेको छ ।

cura insider

नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानको प्रोजेक्टमा नपर्ने भएपछि उनी सिरी ‘ए’ क्लब युभेन्टस जाने मनसायमा रहेको बताइन्छ । पछिल्लो समय उनी टोलीमा पनि परेका छन् । बार्सिलोनाले दुई वटा मैत्रीपूर्ण खेल खेल्दा उनी टोलीमा परेनन् ।

तथापि, स्वारेजले बार्सिलोनामै बस्छु भनेमा टोलीबाट मौका पाउन सक्ने बताएका थिए । ‘मैले बिहान स्वारेजसँग कुरा गरेको थिएँ’, बुधबार जिरोनासँगको मैत्रीपूर्ण खेलपछि कोइम्यानले भने, ‘हामी उनलाई टोलीमा राख्ने वा नराख्ने विषयमा हेरिरहेका छौं । तर, बार्सिलोनाले खेलाडीको सम्झौताको सम्मान गर्छ, पहिलो दिनदेखि नै मैले भन्दै आइरहेको छु ।’

‘यदि, यहीँ बसेमा स्वारेज टोलीको अर्को हिस्सा बन्नेछन् । उनी हाम्रा लागि अर्को खेलाडी बन्ने छन् र उनले मौका पाउनेछन्’, उनले थपे ।

जिरोनाविरुद्धको खेलमा स्वारेजले मौका पाएका थिएनन् । त्यसअघि जिम्यास्टिकसँगको खेलमा पनि स्वारेज टोलीमा थिएनन् ।

पछिल्ला दिनमा टोलीमा पर्न असफल भएपछि उनले इटाली जाने मनसाय बनाएको हुनसक्ने खबरमा उल्लेख छ । खबरका अनुसार स्वारेज व्यक्तिगत रूपमा युभेन्टससँग सम्झौताको नजिक पुगेका छन् ।

jackson ribon