birat ribon

युगान्डामा दुई सयभन्दा बढी कैदी जेलबाट भागे, तीन जना मारिए

Neuro
युगान्डामा दुई सयभन्दा बढी कैदी जेलबाट भागे, तीन जना मारिए

युगान्डा, १ असाेज । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरूलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् ।

मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ ।

cura insider

जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैदीहरूको संयुक्त रूपमा खोजी गरिरहेकाे बाइनले बताएका छन् । बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् ।

फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौं गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।”

jackson ribon