birat ribon

इटालीको विमानस्थलले जित्यो विश्वकै पहिलो फाइभ स्टार एन्टी-कोभिड अवार्ड

Neuro
इटालीको विमानस्थलले जित्यो विश्वकै पहिलो फाइभ स्टार एन्टी-कोभिड अवार्ड

रोम, १ असोज । रोमको फिउमिसिनो विमानस्थल, कोभिड १९ फाइभ स्टार एयरपोर्ट रेटिङ प्राप्त गर्ने विश्वकै पहिलो विमानस्थल बनेको छ ।

अन्तर्राष्ट्रिय एयरपोर्ट उद्योग मूल्यांकन संस्था, स्काइट्रयाक्सले इटलीको राजधानी रोममा अवस्थित फिउमिसिनो विमानस्थललाई कोभिड–१९ फाइभ–स्टार एयरपोर्ट रेटिङ गरेको हो ।

cura insider

अन्तर्राष्ट्रिय साइट स्काइट्राक्सले प्रत्येक वर्ष विश्वको सबैभन्दा उत्कृष्ठ विमानस्थलको सूचि सार्वजानिक गर्ने गर्छ ।

यस वर्ष स्काइट्राक्सले विमानस्थलहरूको सरसफाइ, परीक्षण तथा सुरक्षा व्यवस्थापनलगायतका कामहरूको प्रभावकारिताको आधारमा रहेर मूल्यांकन गरेको हो ।

यसबाहेक फ्रान्सको नाइस कोते दी आजुर विमानस्थल, लन्डनको हिथ्रो र स्पेनको मलागा कोस्ता देल सोल विमानस्थललाई कोभिड प्रतिक्रियाका लागि थ्रीस्टार दिइएको छ ।

स्काईट्र्याक्स रेटिंग प्रणालीका अनुसार, फाइभ स्टारले विमानस्थलको सफाइ र मर्मत प्रक्रियाको धेरै उच्च मापदण्डहरू दर्साउँछ, फोर स्टारले राम्रो र थ्रीले औसत भएको जनाउँछ । सबैभन्दा कम सम्भावित रेटिंग टु स्टरले विमानस्थलको एन्टी-कोभिड प्रोटोकललाई थए राम्रो बनाउनु पर्ने सुझाव दिन्छ ।

हालसम्म, स्काइट्रक्सले केवल यूरोपियन विमानस्थलहरूको निगरानी गरेको छ । राष्ट्रिय सीमानाहरू खुल्न थालेपछि स्काइट्र्याक्सले उत्तर अमेरिका, मध्यपूर्व र एशियाको लगायत अन्य विमानस्थलहरू मूल्यांकन गर्ने आशा राखेको छ ।

jackson ribon