birat ribon

कोरोना संक्रमित शशांक कोइरालाले भने : दुई-तीन दिनमा निको भएर घर फर्किन्छु

Neuro
कोरोना संक्रमित शशांक कोइरालाले भने : दुई-तीन दिनमा निको भएर घर फर्किन्छु

काठमाडाैं, १ असाेज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई-तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।

बिहीबार भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।

cura insider

उनले भिडियो सन्देशमा भने, “मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु ।”

कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका हुन् । होम आइसोलेशनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनको भिडियो सन्देश जारी गरेको हो । रासस

jackson ribon