birat ribon

कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु

Neuro
कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु

विराटनगर, १ असोज । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–१० निलसदन बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित वृद्धको बिहीबार साँझ ५ः१५ बजे मृत्यु भएको हो ।

cura insider

मृत्यु भएको लगभग १५ मिनेटपछि उनकाे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि पुरूषलाई ३० भदौमा अस्पताल भर्ना गरिएको थियो ।

कोरोनाको आशंकामा तत्काल आइसोलेसनमा भर्ना गरेर पीसीआर परीक्षणका लागि स्वाब विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । वृद्धमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या थियो । देवका अनुसार सप्तरी घर भएका वृद्ध दुई वर्षदेखि विराटनगरमा बसोबास गर्दै आएका थिए ।

बुधबार राति कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको बिहीबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएकाे थियाे ।

jackson ribon