birat ribon

विराटनगरको नेतृत्त्वसँग प्रदेश नेतृत्त्व असन्तुष्ट : मन्त्रीले भने ‘संरचनाका लागि ५० बिघा जग्गा दिन्छु भन्नेले दिएनन्’

Neuro
विराटनगरको नेतृत्त्वसँग प्रदेश नेतृत्त्व असन्तुष्ट : मन्त्रीले भने ‘संरचनाका लागि ५० बिघा जग्गा दिन्छु भन्नेले दिएनन्’

विराटनगर, १ असोज । प्रदेश १ को राजधानी घोषणा गर्ने क्रममा ठूलै संघर्ष चल्यो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश प्रदेशसभा सदस्य स्थायी राजधानी विराटनगरभन्दा बाहिर हुनुपर्छ भन्ने अडानमा थिए । लामो समयको गृहकार्यपछि प्रदेश सरकारले विराटनगरलाई केन्द्रमा राखेर बृहत्त विराट क्षेत्रलाई राजधानी घोषणा गर्‍यो ।

राजधानी घोषणाको डेढ वर्षपछि विराटनगरमा प्रदेशसभाको भवन शिलन्यास गरिएको छ । बिहीबार प्रदेश सभामुख प्रदीप भण्डारीले भवन शिलन्यास गरेका हुन् । भवन शिलन्यासपछि बोल्ने क्रममा सभामुख भण्डारी, प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विराटनगर महानगरपालिकाले भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे ।

cura insider

सभामुख भण्डारीले विराटनगरबाट सार्ने हल्लाका बीच विराटनगरमा नै शिलन्यास गरेर प्रदेशसभा कहाँ राख्ने भन्ने विवादको अन्त्य भएको बताए ।

प्रदेशसभा रहेकै स्थानमा भवन निर्माणका लागि २ करोड ५१ लाख ८१ हजारमा ठेक्का लागेपछि बिहीबारबाट निर्माण सुरु भएको हो । बिहीबार भवन उद्घाटन समारोहमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विराटनगर महानगरपालिका मेयर भीम पराजुलीप्रति घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गरे ।

राजधानी विराटनगरबाट सार्न नहुने भन्दै सरोकारवालाले आवाज उठाएपनि कुनै सहयोग नगरेको उनले बताए । ‘हामी विराटनगरमा छौं, राजधानी पनि विराटनगर तोकिएको छ । तर विराटनगरका सम्बन्धित सरोकारवालाहरूको अपेक्षित सहयोग पाएनौं,’ उनले भने, ‘यो गम्भीर समीक्षाको विषय हो ।’

उनले मन्त्रीको सपथ ग्रहणपछि आफूहरू १५ दिनसम्म होटलमा बस्दा सरोकारवालाहरूले चासो नदिएको बताए । ‘सपथ ग्रहणपछि लगभग मन्त्रीहरू झण्डै १५ दिन होटलमा बस्यौं,’ उनले भने, ‘विराटनगरमा हाम्रा लागि आवासका व्यवस्था थिएनन् होला ? तर सरोकारवालाहरूले हाम्रो ठाउँमा आएर बसिदिनुहोस् भनेर आग्रह गरेनन् ।’

कार्यालय र सवारीका विषयमा पनि सुरुआती अवस्थामा असहयोग भएको उनको भनाइ छ । ‘कार्यालय र गाडीको अभाव भयो । त्यति बेला लगभग सबैले ताला लगाएर राख्ने अवस्था बन्यो,’ उनले भने, ‘हामीले अपेक्षित सहयोग प्राप्त गर्न सकेनौं, यद्दपि विराटनगरप्रति हाम्रो कुनै पूर्वाग्रह रहेन ।’

मन्त्री आङ्बोले प्रदेश सरकारका लागि ५० बिघा जग्गा दिने भनेपनि अहिलेसम्म प्राप्त नभएको बताए । २१ वैशाख २०७६ मा विराटनगरका मेयर भीम पराजुलीले राजधानीका लागि संरचना बनाउन ५० विगाह जग्गा दिने भन्दै प्रदेश सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका थिए । तर, स्थानीय सरकारले सार्वजनिक जग्गा कसैलाई दिन नमिल्ने बतायो ।

भवन शिलन्यासका क्रममा मन्त्री आङ्बोले भने, ‘धेरै चर्चा चल्यो, ५० बिघा जग्गा दिने पनि निस्किए, तर प्रदेश सरकारको नाममा ५० पाइला जग्गा पनि प्राप्त भएन ।’

jackson ribon