birat ribon

‘अर्को वर्षको सुरुमा भारतमा कोरोनाको खोप आउँछ’

Neuro
‘अर्को वर्षको सुरुमा भारतमा कोरोनाको खोप आउँछ’

भारत, १ असोज । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी वर्षको सुरुतिर कोरोना भाइरसविरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् ।

बिहीबार उनले आगामी वर्ष सन् २०२१ को सुरुतिर नै यो खोप भारतले प्राप्त गर्ने धेरै सम्भावना रहेको बताएका हुन् ।

cura insider

यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गरेकाे र यस कार्यका लागि उनले निकै सुक्ष्म रूपमा निगरानी गरिरहेको मन्त्री हर्षवर्धनले जनाएका छन् ।

बिहीबार उनले अर्काे वर्षको सुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको पनि जानकारी दिए ।

उनले विश्वका अरु देशहरूले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको सुरुतिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए ।

सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उनले बताए । रासस

jackson ribon