birat ribon

भारतका यातायात मन्त्री नितीन गड्करीलाई कोरोना पुष्टि

Neuro
भारतका यातायात मन्त्री नितीन गड्करीलाई कोरोना पुष्टि

नयाँदिल्ली, १ असोज । भारतका केन्द्रीय यातायात मन्त्री नितीन गड्करीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार उनले सामाजिक सञ्जालमार्फत आफू कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिएका हुन् ।

cura insider

पछिल्लो समयमा उनी आफ्नो सम्पर्कमा आएकाहरूलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “मैले हिजो कमजोर महशूस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोना भाइरसबाट सङ्क्रमित भएको नतिजा आयो ।”

jackson ribon