birat ribon

जयालाई कंगनाको जवाफ : दुई मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि मात्र पाइन्छ

Neuro
जयालाई कंगनाको जवाफ : दुई मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि मात्र पाइन्छ

विराटनगर १ असोज । अभिनेत्री कंगना रनावतले बलिउड फिल्म उद्योगमा आफ्नै बाटो बनाएको बताएकी छन् ।

केही दिनअघि भारतीय समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनले राज्यसभामा कंगनालाई लक्षित गर्दै जुन थालमा खायो त्यहीँ थालमा प्वाल पारेको बयान दिएपछि कंगनाले बुधबार जयालाई जवाफ फर्काएकी हुन् ।

cura insider

कंगनाले ट्वीटरमा लेखेकी छन्, ‘जयाजी र उनको इन्डष्ट्रिले कस्तो थाली दिएको छ ? एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम गीत र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’

यसअघि कंगनाले फिल्म उद्योगलाई ‘गटर’ भनेर सम्बोधन गर्दै यहाँ काम गर्ने ९९ प्रतिशत मानिसहरू लागूपदार्थको सेवन गर्ने गरेको आरोप लगाएकी थिइन् ।

अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि दिएका बयानहरूका कारण कंगना बारम्बार विवादमा तानिने गरकी छन् ।

jackson ribon