birat ribon

चल्न थाले लामो दूरीका यातायात

Neuro
चल्न थाले लामो दूरीका यातायात

काठमाडाैं, १ असाेज । कोरोना संक्रमणको जोखिमका कारण करिब ६ महिनादेखि बन्द रहेका लामो दूरीका सार्वजनिक यातायात बिहीबारबाट सञ्चालनमा आएका छन् ।

काठमाडौँको गंगबुस्थित नयाँ बसपार्कमा बिहीबार बसमा किटनाशक औषधि छकिँदै । 

बसपार्क खुलेको पहिलो दिन बसपार्क व्यवस्थापनले औषधि छर्केर निःसंक्रमण गरेको छ । यस्तै, आजैबाट कम्युटर प्रणालीमार्फत टिकट बुकिङसमेत खुल्ला भएको बसपार्क व्यवस्थापनले बताएको छ ।

cura insider

कोरोना महामारीको जोखिमका बीच बिहीबारबाट सबै प्रकार सार्वजनिक यतायात सञ्चालनमा आएका छन् । करिब ६ महिना बन्द रहेको लामो दूरीका यातायातसमेत सञ्चालनमा आएको छ । त्यससँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा बिहानैदेखि चलपहल सुरु भएको छ ।

यात्रुहरूको चहलपहल सुरु भएसँगै नयाँ बसपार्क क्षेत्र वरिपरि नि:संक्रमण गर्ने काम भएको छ । यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसभित्र समेत औषधि छर्किएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसपार्क क्षेत्रमा भौतिक दूरी कायम गर्न मार्किङ्ग गर्ने, र्‍यालिङ्ग राख्ने, तथा विद्युतीय प्रणालीमार्फत टिकट बुकिङ गर्न सकिने व्यवस्था पनि गरेको छ ।

ल्होत्से बहुउद्देश्यीयका जनशक्ति व्यवस्थापक पंकज मल्लले कोरोनाको जोमिखलाई अवसरको रूपमा लिँदै बिहीबारबाट विद्युतिय प्रणालीमार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था सुरु गरिएको बताए ।

उनले विस्तारै टिकट काट्नकै लागि बसपार्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्नेगरी अनलाइनबाटै टिकट काट्न सक्नेगरी तयारी भइरहेको बताए ।

बिहीबार लामो दूरीको यातायात सञ्चालनमा आएको पहिलो दिन यात्रुहरूको चाप भने सामान्य रहेको छ । नेपाल यातायात मजदूर संघका उपाध्यक्ष सुमन लामाले ५० प्रतिशत बढी भाडा लिएर सरकारले तोकेको मापदण्डअनुसार नै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म लैजाने वातावरण निर्माण गरिएको बताए ।

काठमाडौंको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायतका क्षेत्रबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । ती क्षेत्रमा पनि बिहीबारदेखि मानिसहरूको चहलपहल बढेको देखिएको छ । 

jackson ribon