birat ribon

सपथ लिँदै गौतमले भने- राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्दिनँ

Neuro
सपथ लिँदै गौतमले भने- राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्दिनँ

काठमाडाैं, १ असाेज । राष्ट्रियसभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बागमदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बिहीबा मनोनीत गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

cura insider

आज राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाए ।

सपथग्रहणपछि गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्नेबाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताए ।

उनले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्नेसमेत बताए ।

पार्टीले देशमा समाजवादको संकल्प पूरा गरेको उल्लेख गर्दै उनले राष्ट्रियसभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताए ।

फागुनदेखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।

jackson ribon