birat ribon

बार्सिलोनामा मेस्सीको २० वर्ष पूरा

Neuro
बार्सिलोनामा मेस्सीको २० वर्ष पूरा

एजेन्सी, १ असोज । अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्सिलोना आएको २० वर्ष पूरा भएको छ । मेस्सी १७ सेप्टेम्बर २००० मा स्पेनिस क्लब बार्सिलोना आएका थिए ।

न्यूवेल्स क्लबाट बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध भएका मेस्सीले बार्सिलोनाको युथ, यू–१६, यू–१९, सी र बी गरी सबै उमेर समूहबाट खेलेका थिए ।

cura insider

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले स्पेनको शीर्ष डिभिजन क्लब बार्सिलोनामा नै रहेर १५ वर्षयता खेलिरहेका छन् ।

२००४–०५ को सिजनबाट बार्सिलोनाबाट व्यवसायिक क्लब फुटबल खेल्न सुरु गरेका मेस्सीले १९–२० को सिजन सकिँदासम्म ६३४ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट ७३१ खेल खेलिसकेका छन् । जसमा उनले २५६ गोलका लागि असिस्टसमेत गरेका छन् । देश र क्लबका लागि गरी मेस्सीले ८६९ खेल खेल्दा ७०४ गोल र २९८ असिस्ट गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग, १० वटा ला लिगाको उपाधि र छ पटक सुपर कपको उपाधि जितेका छन् ।

तर, हाल बार्सिलोना बोर्डसँग रुष्ट बनेका मेस्सी आउँदो सिजन अर्थात २१–२२ बाट बार्सिलोनाबाट टाढा हुन सकिने देखिन्छ ।

क्लबको लगातारको खराब प्रदर्शन र क्लबको कार्यकारी समितिबाट दिक्क भएका मेस्सीले केही साताअघि आफूले क्लब छोड्न चाहेको र त्यसको लागि बार्सिलोनाले आवश्यकताअनुरुपको वातावरण मिलाइदिन क्लबसामु आग्रह गरेका थिए ।

तर रिलिज क्लजको लागि ७०० मिलियन यूरो अनिवार्य र सम्झौता अवधि नसकिएको भन्दै क्लबले मेस्सीलाई बार्सिलोनाबाट यो सिजन बाहिरिन दिएन ।

jackson ribon