नहरमा डुबेर डेढ १८ महिने बालकको मृत्यु

विराटनगर, १ असोज । नहरमा डुबेर मोरङको रंगेली नगरपालिका–३ रञ्जनीमा डेढ वर्षीय नाबालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार डोलेन्द्र विष्टका १८ महिने छोरा सोमरात विष्टको घरदेखि डेढ सय मिटर पर रहेको पानी बगिरहेको नहरमा डुबेर मृत्यु भएको हो ।

नहरमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार दिउँसो २ः३० बजेतिर नाबालकलाई फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

Loading...