काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ५०७ जना, ललितपुरका ६१ जना र भक्तपुरका ५० जना रहेका छन् ।

Loading...