कोरोनाबाट थप चार जनाको मृत्यु

विराटनगर, १ असोज । नेपालमा बिहीबार थप ४ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप चार जनाको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

बिहीबार थप १२ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...