नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक

विराटनगर, १ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६० हजार नजिक पुगेको छ ।

बिहीबार थप १२ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४१ जनाको परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बिहीबार थप चार जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३८३ पुगेकाे छ ।

Loading...