बिहीबार थप १२ सय ४३ जना कोरोनामुक्त

विराटनगर, १ असोज । नेपालमा बिहीबार थप १२ सय ४३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ सय ४३ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । कुल संक्रमितमध्ये ७२ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार थप १२ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाकाे ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३८३ पुगेकाे छ ।

Loading...