मोदीले भने : नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक छौं

विराटनगर, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उत्सुक रहेको जनाएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले यस्तो बताएका हुन् ।

उनले ट्वीटमा साझा संस्कृति र इतिहासका आधार दुई देशबीचको सम्बन्धलाई थप बनाउन उत्सुक रहेको बताए ।

प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निरन्तर काम गर्ने बताएका थिए ।

Loading...