birat ribon

म्याग्दी कोरोनामुक्त जिल्ला

Neuro
म्याग्दी कोरोनामुक्त जिल्ला

म्याग्दी, १ असोज । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

cura insider

एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एकजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना संक्रमणयुक्त जिल्ला भएको थियो । संक्रमित प्रहरीको पीसीआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एकमात्र संक्रमित प्रहरी जवानको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना संक्रमणमुक्त भएको हो । समुदायस्तरमा संक्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

jackson ribon