वामदेव गौतम राष्ट्रियसभामा मनोनीत, आजै सपथ लिने

काठमाडाैं, १ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दनहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आजै सपथ

राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको सपथ बिहीबार दिउँसो ४ बजे हुँदैछ ।

गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रियसभा सदस्यको रूपमा सपथ लिनेछन् । सिंहदरबारमा सपथ गराउने गरी तयारी भएको छ।

Loading...