Rumpum

Rumpum Advertisement

ललितको हात र खुट्टाको सफल शल्यक्रिया

ललितको हात र खुट्टाको सफल शल्यक्रिया

काठमाडाैं, १ असाेज । कञ्चनपुरमा सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ ।

बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जनाएकाे छ ।

कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ ।

सिप्यानले ललितको अवस्था स्थिर रहेकोसमेत बताएको छ । ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो ।

दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरे पनि थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए ।