Rumpum

Rumpum Advertisement

फिफा वरीयतामा नेपाल यथावत स्थानमा

फिफा वरीयतामा नेपाल यथावत स्थानमा

विराटनगर, १ असोज । नेपाली फुटबल टोली विश्व वरीयतातर्फ यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएकाे हो ।

बिहीबार फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल १७०औं स्थानमा रहेको छ । अघिल्लो महिना फिफा वरीयतामा नेपाल १७०औं स्थानमै थियो ।

khel

दक्षिण एसियाली राष्ट्रतर्फ नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । एक स्थान घटेर भारत १०९औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा छ ।

नेपालभन्दा मुनि रहेको भुटान १८९औं, बंगलादेश १८७ औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा छन् ।

विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ भने दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र दुई स्थान माथि उक्लिँदै पोर्चुगल पाँचौ स्थानमा छ ।

एक स्थान तल झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दसौं स्थानमा रहेको छ ।