Rumpum

Rumpum Advertisement

भिल्लारियलले सर्वाधिक महँगो रकम खर्चिएर स्टुपिनान भित्र्यायो

भिल्लारियलले सर्वाधिक महँगो रकम खर्चिएर स्टुपिनान भित्र्यायो

स्पेन, १ असोज । स्पेनिस क्लब भिल्लारियलले वाटफोर्डका पेर्भिस स्टुपिनान भित्र्याएको छ । बुधबार भिल्लारियलले वाटफोर्डका डिफेन्डर स्टुपिनानलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

ला लिगा क्लब भिल्लारियलले इक्वाडरका लेफ्ट ब्याकलाई १५ मिलियन युरोमा भित्र्याएको हो । उनी भिल्लारियलको इतिहासमा सबैभन्दा महँगा डिफेन्डर पनि बनेका छन् ।

यसअघि १४ मिलियन युरोमा भिल्लामा अनुबन्धित डिफेन्डर रुबेन सेमेडोको रेडर्क स्टुपिनानले तोडेका छन् ।

उनले भिल्लासँग सात वर्षको सम्झौता गरेका छन् । आर्सनलका पूर्वप्रशिक्षक युनाइ इमेरी नेतृत्त्वको क्लब भिल्लारियलमा यस समर ट्रान्सफरमा अनुबन्ध हुने स्टुपिनान पाँचौं खेलाडी हुन् ।

यसअघि भिल्लाले डेनी परेजो, फ्रान्सिस कोकेलिन, टेकफुसा कुबो र जेरोनिमो रुल्लीलाई भित्र्याइसकेको छ ।