Rumpum

Rumpum Advertisement

दानराजको ‘कस्तो होला म मर्ने दिन’ सार्वजनिक (भिडियोसहित)

दानराजको ‘कस्तो होला म मर्ने दिन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ, १ असोज । नेपाली कथानक चलचित्र दानराजको शीर्ष गीत ‘कस्तो होला म मर्ने दिन’ ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

चलचित्र डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी घायालको प्रस्तुति अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सहनिर्माणमा बनेको हो ।

सुभाष गौतमको शब्द रहेको गीतमा सुरेश अधिकारीको स्वर/संगीत रहेको छ । चलचित्रमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङ्गा कुँवर, रविन श्री सागर, गुरु चौलागाईं, रवि खड्का, करुणा श्रेष्ठ, तृष्णा खड्का, बालकलाकार हृदय कार्की, स्वस्तिक चौलागाईंको अभिनय रहेको छ ।

कृष्ण पाण्डेले छायांकन गरेको चलचित्रमा देव महर्जनको द्वन्द्व, सन्दीप भुजेल र राम केसीको नृत्य, रवि केसीको श्रृंगार अनि विश्वास भण्डारीको सम्पादन रहनेछ भने असोजको दोस्रो साताबाट चलचित्र प्रदर्शनमा जाने बनाइएको छ ।