क्वाटरमै बसेर मन्त्री घिमिरेले जिते कोरोना

विराटनगर १ असोज । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । १३ भदौमा कोरोनाको लक्षण देखिएपछि उनी सरकारी निवासमै बसेका थिए ।

२६ भदौमा जाँच गर्दा घिमिरेको रिपोर्ट पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य थिएन । क्वाटरमै बसेर मन्त्री घिमिरे काेराेना संक्रमण मुक्त भएकाे उनको सचिवालयले जनाएको छ ।

Loading...