विराटनगरका पुरुषमा मृत्युपछि काेराेना पुष्टि

विराटनगर, १ असोज । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका एक पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका– ६ का ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका अनुसार बुधबार राति ११ बजे अस्पताल भर्ना भएका पुरुषको राति १२ बजे नै मृत्यु भएको थियो । मृत्यु पछि बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

आफन्तले ति पुरुषलाई उपचारका लागि लाइफगार्ड भर्ना गरेका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि लाइफागार्डले कोशी अस्पतालमा रेफर गरेको थियो ।

यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Loading...