मुलुक भरका अदालतमा आज केही काम नहुने

विराटनगर, १ असोज । आज (बिहीबार) मुलुकभरका सबै अदालतमा केही काम नहुने भएको छ ।

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिँदै केही पनि काम नगर्ने निर्णय गरेको हो । निर्णयअनुसार सर्वोच्चसहित मुलुकभरका सबै अदालत बिहीबार बन्द रहने छन् । सर्वोच्चले सिंहको निधनमा दुःख व्यक्त पनि गर्दै शोक विदा दिने निर्णय गरेको हो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायीक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए ।

Loading...