कस्तो रहला आजको मौसम ?

विराटनगर, १ असोज । मुलुकका विभिन्न स्थानमा अहिले मौसममा सामान्य बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो पनि धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । प्रदेश १ का विभिन्न स्थानमा बिहान मध्यम तथा भारी वर्षा भइरहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको बताइएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, तराईमा डुबान हुने तथा सडक यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।

Loading...