अस्ट्रेलियालाई इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज

इंग्ल्याण्ड, १ असोज । घरेलु टिम इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । बुधबार राति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले हराउँदै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।

यसअघि दुवै टोलीले एक–एक पटक जित निकालेका थिए । र, अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई हराउँदै सिरिज जितेको हो ।

ओल्ड ट्राफोडमा भएको खेलमा इंग्ल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्वेलले र एलेक्स केरीले शतकीय पारी खेलेका थिए । म्याक्सवेलले सात छक्काको सहायतामा १०८ रन जोडेका थिए । यस्तै २ छक्काको सहायतामा केरीले १०६ रन बनाए । यो केरीको पहिलो एक दिवसीय शतक पनि हो ।

बलिङतर्फ जोय रुट र क्रिस वयक्सले समान दुई–दुई विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जोनी बैर्स्टले सर्वाधिक धेरै ११२ रन बनाए । यस्तै साम बिलिंग्सले ५७ रन बनाउँदा क्रिस वयक्सले अजिवित ५३ रन जोडे ।

बलिङतर्फ मिचेल स्टार्स र अदाम जम्पाले समान ३–३ विकेट लिए ।

यससँगै अस्ट्रेलियाले इंग्ल्याण्डसँग हारको बदला लिएको छ । यसै साता भएको तीन खेलको टि–ट्वान्टी सिरिजमा इंग्ल्याण्डले अष्ट्रेलियालाई पराजित गरेको थियो । इंग्ल्याण्डले २–१ ले यो शृंखला हात पारेको थियो ।

Loading...